एलिसा कोइराला
मेरा कतिपय साथीहरुले फोन, म्यासेज गरेर मलाई झपारे । तँ बाहुनको छोरी भएर जनजाति, आदिवासी, नेवाः, मधेसी, थारु, दलित, किराती तथा अन्य उत्पीडित वर्गलाई समर्थन गर्छस ?? धेरै जान्ने नबन, बरु जा तिनिहरुसंगै बस् ।
कतिले त गाली र धम्की पनि दिए। आज मेरो यो मन अतिनै दुखेको छ। मन त दुखेको छ तर म कम्जोर भएकी हैन। म ति साथीहरुलाई केहि प्रश्न गर्न चाहन्छु।
–यो २१ आधुनीक शताब्दी हो, सबै जनता जागरुक भैसकेका छन । कसैलाई पनि हेपेर, दबाएर राख्न सकिदैन। कसैको पहिचान, मातृभाषा, संस्कृति, मौलिक हक अधिकारलाई दबाएर तिनीहरुमाथि हामीले आफ्नो एक्कल पहिचान ,मातृभाषा ,संस्कृति कहिलेसम्म जबरजस्ती थोपने ?
–कसैको पनि पहिचान, मातृभाषा, मौलिक हक अधिकार दिएन भने त्यो उत्पीडित वर्गहरुले आन्दोलन गर्ने छन्, रक्तपात हुनेछ त्यसको को जिम्मेदार को हुन्छ ? के त्यो आन्दोलन दबाउन सम्भव छ त ?
–१० वर्ष लामो जनयुद्ध, जनजाति÷आदिवासी र थारु आन्दोलन, मधेस आन्दोलन, लिम्बुवान आन्दोलन, हजारौले रगत बगाए सहिद भए के ति सहिदहरु को केहि मोल छैन ? के अझ पनि चाहनु हुन्छ कि त्यो आन्दोलन, गृहयुद्ध, रक्तपात फेरी दोहरियोस ?
–कुनै पनि राज्य/देशमा कुनै वर्ग बिशेषले देश÷राज्यसामु आफ्नो पहिचान र सम्मान पाएन भने त्यो असम्मानित उत्पीडित वर्गहरु त्यस देश÷राज्यबाट निस्किएर छुट्टै (आफ्नो अलग) राज्य÷देश बनाउछन। नेपालमा जनजाति, आदिवासी ,नेवाः ,मधेसी, थारु ,दलित ,किराती तथा अन्य उत्पीडित वर्ग का पहिचान ,मातृभाषा ,संस्कृति ,मौलिक हक अधिकार दिएन भने ति असंतुस्ट उत्पीडित वर्ग हरु देश बाट अलगिन खोज्नेछ्न । कतिपयले त अलगिने कुरा पनि शुरु गरिसके र देश टुक्रिन सक्छ। र यसो भयो भने यसको कारण ति उत्पीडित वर्गहरु न भएर अहिलेको हामी शासक वर्गहरु हुने छौ। के यो कुरा उचित हो ? के तपाई देश टुक्राउन चाहनुहुन्छ ?
–केहि वर्ष अगाडी राणा शासन यसरी नै एक्कल वर्ग का तानाशाह राज गर्थे , एक समय आयो र सबैलाई लखेटियो। शाह वंश मा पनि कुनै राजा हरु राम्रा थिए, राम्राहरुलाई जनताले सम्मान पनि गरे ,तर कोइ ज्ञानेन्द्र जस्तो क्रुर र निरङ्कुश पनि निस्कियो । र त्यो क्रुर ज्ञानेन्द्र को कारण पुरै राजशाही अपमानित् भएर पतन भयो। के तपाई चाहनुहुन्छ कि हाम्रो पनि त्यसरीनै तिरस्कार र अपमानित भएर पतन होस ?
–नेपालमा अहिले ५० प्रतिशत भन्दा बढी गैर नेपाली (खस) भाषा र पहिचान वर्गका मानिसहरु छन् ,तिनीहरुलाई जबरजस्ती नेपाली पहिचानको पहिरन ओढाउनु , नेपाली भाषा को दवाब हाल्नु कति को उचित छन् त ?
–अरुको गुमिएको पहिचान, मौलिक हक अधिकार दिँदैमा हाम्रो पहिचान खोसिंछ भन्ने सोच कति को उचित हो ? के यो स्वार्थी सोच हैन ? हामी किन यति लोभी र स्वार्थी भएको ?
–अमेरिका, क्यानाडा ,भारत ,अस्ट्रेलिया ,स्विज़रल्याँड, साना (ठुला , एसियन (यूरोपियन प्राय सबै बिकसित देशमा सबै नागरिकको पहिचान ,मौलिक हक अधिकार सुनिस्चित गरिएको को संविधान छ। यो हाम्रो देश नेपालमा किन हुन सक्दैन ? के तपाईहरु चाहनु हुन्न कि नेपालपनि यिनी जस्तै विकसित देश बनोस ?
–सबै नागरिक को पहिचान,मौलिक हक अधिकार सम्मान सहित को संविधान आयो भने देशका सबै वर्ग का मानिसहरु खुसि सम्पन्न हुनेछन्। सबै को पहिचान हक अधिकार सुनिस्चित भयो भने कोइ वर्ग बिसेष अशंतुस्ट हुने बाटो हुदैन ,त्यस पछि ना त कुनै ठुलो आन्दोलन हुनेछन ना हि कुनै जनयुद्ध। शान्ति को प्रतिक मानिने नेपाल साच्चिकै शान्ति देश हुनेछ। के तपाई चाहनु हुन्न नेपाल मा शान्ति होस् ?
–सबै नागरिक को पहिचान,मौलिक हक अधिकार सम्मान सहित को संविधान आयो भने सबै सन्तुस्ट हुनेछ र सबैको ध्यान प्रगति र देश को विकास तर्फ लाग्ने छन्। र सबै वर्ग का नागरिक एकताबद्ध भएर देश को प्रगति तर्फा लाग्ने छन् र नेपाल पनि चाडै नै प्रगतिशील देश बन्ने छ। तै पनि तपाई हरु किन समाजमा पहिचान सहित ,र सबैनागरिक को मौलिक हक अधिकार सुनिस्चित भएको संविधानले देश को एकता टुट्छ भन्ने झुटो भ्रम फैलाउनु भएको रु बरु सबै को पहिचान ,हक अधिकार दबायो भने चाहिं देश मा आक्रोश उत्पन्न हुन्छ र आन्दोलन रगृह युद्ध हुन्छ र देश को एकता टुट्छ।
म समग्र साथीहरुलाई बिन्ति गर्दछु ,तपाईहरु आफ्नो निजि स्वार्थ त्यागेर सबैको पहिचान हक अधिकारको कदर गर्ने सबैलाई समेटिएको एउटा दिर्घकालिन संविधान बनाउन मद्धत गरौँ। नेपाललाई एउटा शान्ति र प्रगतिशील देश बनाउन अगाडी बढौं।
धन्यबाद
जय नेपाल
(मेरो लेख कुनै वर्ग विशेष र व्यक्ति विशेषको चित्त दुखाउन खोजेक हैन, त्यसो भएमा मलाई माफ गर्नुहोला। मेरो कुरा कतै गलत साबित भएमा सार्वजनिक रुपमा माफी माग्नु पनि तयार छु। तर म कुनै धम्की, डर, त्रासदेखि डराउने वाला छैन ,सत्य र समानताको पक्षमा सधैँ लडी रहेनेछु।)
चारवटा खुट्टा भएको चल्ला, हेर्नेको भीड
तेजन खड्का : उर्लाबारी, लोकल कुखुराले कोरलेको अण्डाबाट चारखुट्टे चल्ला निस्किएपछि मोरङको राजघाटका हेर्नेको भीड लागेको छ । राजघाट—७ मा टंकमाया श्रेष्ठको घरमा कुकुराले चारवटा खुट्टा भएको चल्ला कोरलेपछि हेर्नेको भीड लागेको हो । विरलै मात्रामा जन्मिने यस्तो चल्लाबारे जानकारी लिन छिमेकी गोवा लामाले राजघाटको प्रमुख बजारमा दुर्गापुरीमा ल्याएपछि त झन हेर्नेको घुईचो नै लागेको थियो । १० वटा चल्ला कोरलेको पोथीको एउटा चल्लामा चारवटा खुट्टा रहेको लामाले जानकारी दिनुभयो । उनले भने,यस्तो कुखुराको चल्ला कहिल्यै देखेको थिईन् । अचम्म लागेको छ ।’
चारवटा खुट्टा भएर हिडडुलमा केहि समस्या देखिएपनि अवस्था भने अन्य चल्लाको जस्तै सामान्य रहेको छ । चारवटा खुट्टा भएपनि दुईवटा खुट्टाले मात्र चल्ला हिड्ने गरेको छ । यस्तो चल्लाको जन्म हुँदा अशुभ हुने, कुखुरा मासिने जस्ता कुरा गाउँमा उठेपनि कुखुरा बाँचुन्जेल पाल्ने घरधनि टंकमायाले बताउनुभयो ।
विज्ञ शुशिल अधिकारीका अनुसार चारवटा खुट्टा भएको कुखुरा जन्मिनुका विभिन्न कारणमध्ये रेडियोधर्मी किरणको प्रभाव मुख्य हो । यस्तो किरणले कुखुराको भ्रुणलाई असर गर्छ र कुखुराको शरीरमा असामान्य परिवर्तन देखापर्छ । यस्ता कुखुराको मासु खानाले स्वास्थ्यलाई नराम्रो नगर्ने विज्ञ बताउँछन् ।
तेजन खड्का : उर्लाबारी, लोकल कुखुराले कोरलेको अण्डाबाट चारखुट्टे चल्ला निस्किएपछि मोरङको राजघाटका हेर्नेको भीड लागेको छ । राजघाट—७ मा टंकमाया श्रेष्ठको घरमा कुकुराले चारवटा खुट्टा भएको चल्ला कोरलेपछि हेर्नेको भीड लागेको हो । विरलै मात्रामा जन्मिने यस्तो चल्लाबारे जानकारी लिन छिमेकी गोवा लामाले राजघाटको प्रमुख बजारमा दुर्गापुरीमा ल्याएपछि त झन हेर्नेको घुईचो नै लागेको थियो । १० वटा चल्ला कोरलेको पोथीको एउटा चल्लामा चारवटा खुट्टा रहेको लामाले जानकारी दिनुभयो । उनले भने,यस्तो कुखुराको चल्ला कहिल्यै देखेको थिईन् । अचम्म लागेको छ ।’
चारवटा खुट्टा भएर हिडडुलमा केहि समस्या देखिएपनि अवस्था भने अन्य चल्लाको जस्तै सामान्य रहेको छ । चारवटा खुट्टा भएपनि दुईवटा खुट्टाले मात्र चल्ला हिड्ने गरेको छ । यस्तो चल्लाको जन्म हुँदा अशुभ हुने, कुखुरा मासिने जस्ता कुरा गाउँमा उठेपनि कुखुरा बाँचुन्जेल पाल्ने घरधनि टंकमायाले बताउनुभयो ।
विज्ञ शुशिल अधिकारीका अनुसार चारवटा खुट्टा भएको कुखुरा जन्मिनुका विभिन्न कारणमध्ये रेडियोधर्मी किरणको प्रभाव मुख्य हो । यस्तो किरणले कुखुराको भ्रुणलाई असर गर्छ र कुखुराको शरीरमा असामान्य परिवर्तन देखापर्छ । यस्ता कुखुराको मासु खानाले स्वास्थ्यलाई नराम्रो नगर्ने विज्ञ बताउँछन् ।
– करिश्मा मानन्धर, नायिका
हनुमानले दर्शन दिएर वरमाग भनेर भने भने ?
प्रभु हनुमानजी मलाई पनि तपाईं जस्तै उड्ने शक्ति दिनुहोस्, तपाईंसँगै उडिरहन पाउ भन्थे ।
चलचित्र विकास बोर्डको अध्यक्षमा तपाईंलाई नियुक्त गरियो भने पहिलो काम के गर्नुहुन्छ ?
केबुलकार बीचमै एक घण्टा बन्द भयो भने ?
म त सेल्फी खिचेर बस्थे ।
ढुंगा खोज्दा देउता फेला पार्नुभएको छ ?
धेरै पटक फेला पारेकी छु, जटिल समस्यामा पर्दा सजिलै समाधान गरिदिने साथीहरू पाएकी छु ।
संविधान बन्यो कि बनेर भनेर बुझ्न कति नम्बरमा डायल गर्ने ?
खै थाहा भएन, कहिल्यै नबन्ने संविधानका बारेमा अब कसले उत्तर देला र ? जे पर्ला–पर्ला एकपटक १ सयमा डायल गरौं न ।
मानिसहरू किन पैसाको पछाडि दौडिएका होलान् ?
पैसा भएपछि अरु सबै आफ्नो पछाडि दौड्ने भएर हो नि ।
हिन्दी टेलिश्रृंखला प्रसारण नहुने हो भने नेपाली महिलाहरू के गरेर दिन बिताउलान् ?
सुरुवातको केही समय त गार्हो होला तर पहिले पनि थिएन नि त, र पनि जीवन चलेकै थियो, त्यही भने चित्त बुझाउलान् । अहिले त फेसबुक छँदैछ नि ।
२५ तले बिल्डिङको २५ औं तला तपाईंलाई बस्नलाई नि:शुल्क दिइयो भने के गर्नुहुन्छ ?
थ्याङ्क यु सो मच भन्ने थिए, भूकम्प आउँदा जति माथि बस्ने सुरक्षित हुन्छ, त्यति तल बस्ने हुन्न रे, आखिर ठूला भवन भत्किएका छैनन् नि ।
बाँदरले मान्छेजस्तै बोल्नथाल्यो भने ?
बादरले बोल्न मात्र त बाँकी हो, आखिर हामी पनि बाँदरकै प्रजाति त हौं क्यारे, अरू त त्यस्तै हो, पशुपति जाँदा बाँदर गफ गर्ने साथी हुन्थे ।
बिल नतिरी कुनै पनि सेवा प्राप्त हुन थाल्यो भने के होला ?
मेरो त किङ्स वेमै दिन–रात बित्थ्यो होला, सामान धेरै भएर घरमा त सुत्ने ठाउँ नै हुँदैनथ्यो होला, पैसा पनि कमाउनु पर्दैनथ्यो होला ।
वान वेमा विपरीत दिशाबाट सवारी साधन चलाउँदा के हुन्छ ?
नेपालमा त खासै फरक नपर्ला, विदेशमा भए त तीव्र गतिमा सवारी कुद्ने भएकाले ज्यान चैट हुने प्रबल सम्भावना हुन्छ ।
महिलाको स्तन नभएको भए के हुन्थ्यो ?
त्यो त मैले सोच्न पनि नसक्ने कुरा हो । महिलाको स्तन नै भएन भने महिला सौन्दर्य त सकिहाल्यो नि, सबै कुरुप देखिन्छन् ।
सबै युवकको एउटै अनुहार हुने भए तपाईं के गर्नुहुन्थ्यो ?
म त मेरो मान्छेको स्पेसल ठाउँमा ट्याटु खोपिदिन्थे, जुन मलाई मात्र थाहा हुन्थ्यो नत्र त झुक्किने प्रबल सम्भावना हुन्छ । नम्बर सिस्टम पनि हुन्थ्यो होला ।
कान्तीपुर साप्ताहिकवाट
ephilokhabar

